दफा १३
सेवा आयोगको गठन
: (१) प्रतिष्ठानका शिक्षक तथा कर्मचारीको नियुक्ति तथा बढुवाको लागि सिफारिस गर्न एक सेवा आयोग रहनेछ ।
(२) सेवा आयोगमा अध्यक्ष र दुईजना सदस्यहरु रहनेछन् ।
(३) सभाले देहायका व्यक्तिहरुमध्येबाट सेवा आयोगको अध्यक्ष तथा सदस्य नियुक्त गर्नेछ :
(क) चिकित्सा विज्ञानमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी सम्बन्धित क्षेत्रमा कम्तीमा बीस वर्ष काम गरेका व्यक्तिहरुमध्येबाट अध्यक्ष,
(ख) चिकित्सा विज्ञानमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी सम्बन्धित क्षेत्रमा कम्तीमा पन्ध्र वर्ष काम गरेका व्यक्तिहरुमध्येबाट एकजना सदस्य, र
(ग) कानून, व्यवस्थापन वा जनप्रशासनमा कम्तीमा स्नातक उपाधि हासिल गरी सम्बन्धित क्षेत्रमा कम्तीमा पन्ध्र वर्ष काम गरेका व्यक्तिहरुमध्येबाट एकजना सदस्य ।
(४) सेवा आयोगको अध्यक्ष तथा सदस्यको पदावधि चार वर्षको हुनेछ ।
(५) सेवा आयोगको अन्य काम, कर्तव्य र अधिकार तोकिए बमोजिम हुनेछन् ।
(६) सेवा आयोगका अध्यक्ष तथा सदस्यको पारिश्रमिक, सुविधा तथा सेवाका अन्य शर्तहरु तोकिए बमोजिम हुनेछ ।
(७) सेवा आयोगको बैठक सम्बन्धी कार्यविधि तोकिए बमोजिम हुनेछ ।